काठमाडौं, ७ साउन । मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ ।

विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मुल्य महँगो हुने भएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसुची हेरफेर गरेर राजपत्रमा सुचना प्रकाशित गरेको आजको अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।

राजपत्रमा प्रकाशित नयाँ नियमावलीअनुसार सरकारले टेलिभिजन डाउनलिंकका लागि यसअघि लिँदै आएको शुल्कमा बृद्धि गरेको हो ।

शुल्क वृद्धिसँगै निशुल्क प्रसारण भईरहेको ५० देखि ६० च्यानल बन्द हुने भएको छ । यस्तै ५० हजार तिरिरहेका च्यानलले ७ लाख सम्म तिर्नुपर्ने भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार