एजेन्सी। के तपाइँ अरुले प्रयोग गरेका गन्ध आउने मोजा लगाउन सक्नुहुन्छ ? सायद गाह्रो मान्नुहुन्छ । तर तपाइँजस्तै सबै मान्छे कहाँ हुन्छन् र ? यो दुनियाँमा कोही मानिस आफूले प्रयोग गरिसकेका गन्हाउने मोजा बेचेरै करोडपति बनेका छन् । बेलायतमा एकजना महिला यस्ती छिन् जसले आफूले प्रयोग गरिसकेका मोजा तथा जुत्ता बिक्री गरी वर्षमा डेढ करोड बराबरको रकम आम्दानी गर्छिन् ।
३३ वर्षकी रक्सी स्काइजका खुट्टा निकै सुन्दर छन् भनेर एकजना साथीले प्रशंशा गरेपछि उनलाई आफ्ना खुट्टाबाटै चर्चित भएर मालामाल बन्ने सोँच आयो । त्यसपछि उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट खोलिन् । अनि आफ्ना सुन्दर खुट्टाका तस्वीरहरु अपलोड गर्न थालिन् । उनी विस्तारै इन्स्टाग्राममा लोकप्रिय बन्दै गइन् र खुट्टाको तारिफ गर्नेहरुको संख्या बढ्दै गयो । साथै धेरै फ्यानले उनलाई आफुले लगाएका जुत्ता तथा मोजा दिनका लागि आग्रह गर्न थाले । कतिपयले त उनका जुत्ता मोजा पाएमा जतिपनि मूल्य तिर्न तयार रहेको बताए ।
लण्डनमा बस्ने रोक्सीले त्यसपछि सोसल मिडियाबाटै आफ्ना सुन्दर खुट्टामा प्रयोग गरिसकेका जुत्ता तथा मोजाहरु लिलाम गर्ने घोषणा गरिन् । त्यसपछि उनले २० पाउण्डमा एकजोर मोजा र २ सय पाउण्डमा एकजोर जुत्ता बेच्न थालिन् । उनका फ्यानहरु उनले लगाएका जुत्तामोजा किन्न मरिहत्ते गर्दछन् र अनलाइन मार्फत अर्डर गर्दछन् । ४ वर्षदेखि यसरी अनलाइन मार्फत आफुले लगाएका जुत्ता मोजा बेच्दै आएकी रोक्सीले अहिले महिनामा अधिकतम ८ हजार पाउण्ड सम्म कमाउँछिन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




