काठमाडौँ । काभ्रेकी निशा राना मगरको ११ वर्ष अगाडि साथीसँग खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लागेको थियो ।
लामो समयको उपचारपछि घाउ ठीक त भयो तर क्रमशः उनको मुख बन्द हुँदै गयो । हाल निशा १९ वर्षकी भइन् । उनका परिवारले धेरैवटा अस्पतालमा उपचारका लागि देखाए तर समस्या समाधान हुने कुनै आधार देखिएन । उनका परिवारले अन्तिममा नेपाल मेडिकल कलेज जोरपार्टीमा लगे बरिष्ठ दन्तरोग विशेज्ञ डा निरज पन्तको टोलीले उनको उपचार सुरु गर्यो ।
बन्द मुख यसरी खोलियो
ट्रमाको समस्याले क्रमशः बन्द हुँदै गएको मुख बोल्न र खानेकुरा निल्न नसक्ने अवस्थामा पुगेको थियो । ‘चिकित्सकीय भाषामा यो समस्यालाई यङ्कायोलोसिस भनिन्छ । यस्तो समस्या दुर्लभ रूपमा हुनेगर्छ । यो समस्याको समाधान गर्न सक्नु निकै ठूलो चुनौती हो ।’ उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।
डा. निरज पन्तका अनुसार उनको मुख खुल्दैन थियो । भित्रभित्र आवाज आउँथ्यो । खानेकुराहरू झोल मात्रै निल्न सक्ने अवस्था थियो । खानेकुराको स्वाद थाहा पाउन सम्भव नै थिएन । उनको हिजो सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
नयाँ जीवन पाएँ
बोल्न र नर्मल खानेकुरा खान नसक्ने अवस्थामा पुगेकी निशा शल्यक्रियापछि नयाँ जीवन पाएकोमा दङ्ग छिन् । धेरै अस्पताल चाहार्दा पनि समस्या समाधान नभएपछि नेपाल मेडिकल कलेज आएको बताउँछिन् । अहिले आफू ठीक भएको उनको तर्क छ । निशा विगतमा झै बोल्न र नर्मल खानेकुरा खान सक्ने भएकी छन् ।
उनको उपचार डा. निरज पन्त डा. कुशल विम्ब डा. अन्जनी भट्टराई र डा. सुमितकुमार सिंहले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




