नयाँ दिल्ली । यो साता केही चर्चित नेताको नाममा आउने गुगल सर्च नतिजाले भारत, अमेरिका र पाकिस्तानमा निकै चर्चा पाएको छ । ट्वीटर र फेसबुकका सयौं प्रयोगकर्ताले गुगलमा ‘इडियट’ सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘भिखारी’ सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नाम आएको जनाएका छन् । यस्तै खालको पोष्ट भारतमा पनि गएको बुधबार देखि चर्चित भयो । धेरै मानिसले के दाबी गरेभने गुगलमा ‘बार गर्ल इन इण्डिया’ वा ‘इटालियन बार गर्ल’ सर्च गर्दा कांग्रेस अध्यक्ष राहुल गान्धीकी आमा सोनिया गान्धीलाई देखाएको थियो ।
यस्तो नतिजा गुगल सर्च इन्जिनमा मात्रै होइन बिंग सर्च इन्जिनमा पनि आएको थियो । गुगल ट्रेन्डसमा १९ डिसेम्बरका दिन बार गर्ल इन इण्डियाको नाममा सर्च भएको पाइएको थियो । यसरी सर्च गर्नेमा उत्तराखण्ड, झारखण्ड, छत्तीसगढ,राजस्थान र उत्तर प्रदेशका मानिस अत्यधिक सहभागी थिए ।
धेरैजसो सामाजिक सन्जाल प्रयोगकर्ताले बार गर्ल इन इण्डिया भन्दा कसरी सोनिया गान्धीको नतिजा आयो भनेर सोधे । अमेरिकी राष्ट्रपति ट्रम्पका बारेमा गुगलले जवाफ नै दिनुपरेको छ । गुगलका अधिकारीहरुका अनुसार जुन शब्दमा जोडेर प्रयोगकर्ताले कोही नेताको नाम सर्च गर्छन् यसको असर सर्चको नतिजामा पनि पर्ने गर्छ । भारतमा पाँच राज्यको विधान सभा चुनावको नतिजा आएपछि सोनिया गान्धीको खिलाफमा सामाजिक सन्जालमा एक अभियान नै चलाइएको थियो । केही समूहले सामाजिक सन्जालमा सोनिया राजीव गान्धीसँग विवाह गरेर भारत आउनु अघि इटालीमा बार डान्सर रहेको आरोप लगाएका थिए ।
केही फेसबुक प्रयोगकर्ताले तस्बिर समेत राखेका थिए र इटालियन बार गर्ल इन इण्डिया सर्च गर्न आग्रह पनि गरिएको थियो । इन्टरनेटको जानकारी राख्नेको भनाई के रहेको छ भने आरोप पुष्टि गर्नका लागि कसैले सोनिया गान्धीको नामका साथ बार, इण्डिया, गर्ल वा इटालियन शब्दको प्रयोग गरेको हुनुपर्छ । यसैका कारण सोनिया गान्धीको नाम त्यस्तोमा आएको हो । सोनियाका केही गलत तस्किर राखेर उनका पुत्र राहुलको बारेमा पनि नानाथरी टिप्पणी गरिएको थियो । तर, स्वतन्त्र छानबिन गर्दा सोनियाको तस्बिर गलत हिसाबले प्रयोग गरिएको पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




