लस एन्जल्स। २७ वर्षका केल गर्डीलाई संसारकै सबैभन्दा लोकप्रिय वीर्यदाता मानिन्छ । सबैभन्दा रोचक कुरा, उनी हरेक महिना ५ महिलालाई गर्भवती बनाउँछन् । हालै डेली मिररले यी ह्याण्डसम वीर्यदाताको बारेमा कैयौं रहस्य खुलाएको छ । डेली मिररसँग कुरा गर्दै केलले आफू २३ वर्षको उमेरमा कसरी वीर्यदाता बने भन्ने खुलाएका छन् । अहिले केललाई वीर्य दानका कैयौं अनुरोध आउँछन् । उनी आफ्नो सम्बन्धबाट दिक्क भएपछि वीर्यदाता बनेका थिए ।
अमेरिकाको लस एन्जल्सका केल ४ वर्षमा १८ बच्चाको पिता बनिसकेका छन् । उनी संसारभरका एकल महिला र गर्भवती हुन कठिन भइरहेका जोडीको मद्दत गर्छन् । करिब ४ वर्ष पहिले केलले फेसबुकमा वीर्यदानको विषयमा एउटा पेज बनाएर पोस्ट गरेका थिए । केही समयमै उनको पेज चर्चित भयो र उनको वीर्यको माग बढ्न थाल्यो । केलका अनुसार उनी पढेलेखेको परिवारका हुन् । उनका पिता वकिल हुन् र आमा सफ्टवेयर प्रोग्रामर हुन् । त्यसैले उनीमा वकिल र सफ्वेयर इन्जिनियर दुवैका जीन छन् । यसका अलावा उनी ह्याण्डसम छन् जसका कारण उनीबाट जन्मिने सन्तान दिमागले तेज र सुन्दर हुन्छन् ।
केलका अनुसार उनलाई हरेक महिना १०० भन्दा बढी वीर्यदानका माग आउँछन् । तर, उनी दुईदेखि ५ जनाको मात्र माग पूरा गर्छन् र यो काम निःशुल्क गर्छन् । अहिले उनका ग्राहक १८ वर्षदेखि ४२ वर्षसम्मका महिलाहरु छन् । उनको पहिलो ग्राहक भने दम्पती थिए जसका ४ वर्ष र १४ महिनाका दुई सन्तान छन् । यी दुवै बच्चा केलकै हुन् । केलका अनुसार एकल महिलाहरुलाई उनी वीर्य दिन्छन् जसलाई उनीहरु सुइको माध्यमबाट पाठेघरमा राख्छन् । केही महिला भने उनीसँग यौन सम्पर्क गरेरै गर्भवती हुन चाहन्छन् जुन माग उनी पूरा गरिदिन्छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




