हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पत्नी मिना ढकालसँग गत वर्ष डिभोर्स गरे । डिभोर्स अगाडिसम्म गुमनाम रहेकी मिना त्यसपछि भने लगातार चर्चामा रहिन् । कहिले गीत गाएर त कहिले तालतालका अन्तरवार्ता दिएर ।
उनै मिनाले श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा मनाउने भएकी छन् । उनले भोली आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरेको बताइन् ।
‘हो मैले आफ्ना निकट शुभचिन्तकहरु तथा मिडियाकर्मीहरुलाई बोलाएर सानो जमघट र चियापान आयोजना गरेकी छु,’ उनले भनिन् । फेसबुकमा उनले आफू ‘स्वतन्त्र भएको एक वर्ष पुगेको उपलक्ष्यमा’ चियापानमा आउन शुभचिन्तकलाई निम्तो गरेकी छन् ।
डिभोर्सपछिको एक वर्ष कस्तो बित्यो त भन्ने जिज्ञासामा उनले भनिन्, ‘भोली चियापानमा आउनुस, त्यहीँ भन्छु है ।’
मनोज र मिना आपसी सहमतिमा सौहार्दपूर्वक छुट्टिएका थिए । उनीहरुका दुई छोराछोरी छन् । छोरा मनोजसँग र छोरी मिनासँग बस्छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् । उनी फिल्म बनाउने योजनामा पनि छिन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




