काठमाडौ । दोस्रो नेपाल आर्इडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएपछि रविले आफ्नो फेसबुक एक भावकु स्टाटस लेखेका छन् । आमाको मृत शरिरसँग दुइवटा तस्विर राख्दै रविले लेखेका छन् । किन छोडेर जानु भो आमा मलाइ, दैब पनि कस्तो निस्तुरी भैइस मेरो खुसि देख्न सकिनस थुक्क यो शब्दले उनका फ्यानहरुलाई खुबै रुवाएको छ ।

 

बुधबार बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याइएको थियो। आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए । कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार