चितवन । चितवनमा ट्रकको ठक्करबाट पत्रकार प्रवीण पौडेलसहित दुईजनाको मृत्यु भएको छ । पूर्वी चितवनको टाँडीमा शुक्रबार ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका पौडेलको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
पौडेलले एपी वान टेलिभिजनका क्यामरा पर्सन रुपमा काम गर्दै आएका थिए । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, भरतपुरको वाइपास रोडमा ट्रकले ठक्कर दिँदा साइकलयात्री बारा गढिमाई नगरपालिका ३ मजुरीका १८ वर्षका श्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तनहुँको आबुखैरेनीबाट बीरगञ्ज जाँदै गरेको ना ७ ख १३९४ नम्बरको ट्रकले भरतपुर बाइपास सडकको मालपोत चोक नजिकै भित्री सडकबाट निस्किएको साइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




