धादिङ : धादिङको गजुरीबाट चार किलो अबैध सुनसहित ३ जना पक्राउ परेका छन् । प्रदेश तीनको प्रहरीको विशेष टोलीले गएराति सुनसहित संजित वाइवा लगायतका व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई राति साढे १० बजे पक्राउ गरिएको प्रदेश ३ प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ । पक्राउ परेका ब्यक्ति र बरामद सुन प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार