काठमाडौँ । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान डराउँछन् । र शरिरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न यो अस्पताल खोलिएको हो । बाँसबाट बनाईएको अस्पताल, बाहिरबाट हेर्दा कुनै कटेज होटल जस्तो चिटिक्क देखिन्छ । यहाँ उपचार गराउन एक सय रुपैया भन्दा बढि शुल्क तिर्नु पर्दैन् ।

काठमाण्डौको मित्रपार्क चोकबाट गुह्येश्वरी हुँदै गएपछि कुमारीगालमा रहेको एउटा अस्पतालमा पुगिन्छ । बाँसबाट बनाईएको यो अस्पताल, वाहिरबाट हेर्दा कुनै कटेज होटल जस्तो चिटिक्क देखिन्छ । अझ, त्यसलाई चम्काउन गुलाबी रंग प्रयोग गरिएको छ । गेटबाट छिर्ने बित्तिकै दायाँतिर डाक्टरको सूची देखिन्छ । बायाँतिर टिकट काट्ने काउन्टर छ ।


तपाईलाई के रोग लागेको छ, काउन्टरमा भन्नुहोस् । काउन्टरमा बस्ने व्यक्तिले तपाईको रोग अनुसारको डाक्टरको नाम सिफारिस गर्छन् र तपाईको हातमा एउटा पूर्जा थमाउँछन् । अब तपाईले विशेषज्ञ डाक्टरलाई देखाउन पैसा तिर्नुपर्छ ।कति थाहा छ ?

जम्मा एक सय रुपैया । कस्तो पत्याउनै गाहे लाग्ने कुरा । हो, राजधानीको एउटा अस्पतालमा एक सय रुपैयाँमा नै रोगको उपचार हुन्छ । अस्पतालमा जनरल फिजिसियन, बाल, नशा तथा हाडजोर्नी, स्त्री, मुट, छाला तथा यौन, रोगका पच्चिस जना विशेषज्ञ डाक्टर उपलव्ध छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार