बच्चाको आमा बन्नु आफैंमा एक सुखद अनुभूति हो । अझ पहिलो बच्चाको आमा हुनुको खुसी अझ बेग्लै हुन्छ । जो कोहि महिला यहि क्षणको अनुभूति संगाल्न पनि चाहन्छन् । यद्यपी पहिलो बच्चाको आमाहरु केहि न केहि गल्ती गरिरहेका हुन्छन् । खासगरी बच्चाको रेखदेखका क्रममा उनीहरु यस्तो गल्ती गर्छन् ।
गल्ती-१
९ महिनासम्म आफ्नो गर्भमा राखेर जन्माएको बच्चालाई उनीहरु यति ख्याल गर्छन् कि, एक क्षण पनि आफ्नो बच्चासँग अलग हुन नपरोस् । त्यही कारण उनीहरु बच्चालाई अरुको हातमा दिन हच्किन्छन् । बच्चालाई हरेक क्षण आफैसँग राख्न चाहन्छन् । तर, यसलाई रोक्नुपर्छ । बच्चालाई परिवारका अन्य सदस्यसँग पनि खेल्न, रमाउन दिनुपर्छ । आफुसँग मात्र राख्ने, आफुले मात्र खेलाउने हो भने पछि बच्चाहरु अरुसँग खेल्न सक्दैनन् ।
हरवखत बच्चाका लागि आमा नै चाहिने हुन्छ । यसले गर्दा कहिले कहिं बच्चा बोझिलो पनि लाग्न सक्छ । त्यसैले सानो उमेरदेखि नै उनीहरुलाई अरुसँग पनि बस्ने बानी गराउनु पर्छ ।
गल्ती- २
सानो बच्चालाई वाह्य वातावरणसँग एडजस्ट हुन समय लाग्छ । त्यसैले उनीहरुमा सानोतिनो समस्या देखापरिरहन्छ । कहिले रुन्छ, कहिले वान्ता गर्छ, कहिले खानामा अरुची देखाउँछ । यस्ता कुरा सामन्य हुन् । तर, पहिलो बच्चाको आमा बच्चाको यस्तो हर्कतबाट निकै अत्तालिन्छन् । चिन्तित हुन्छन् ।
हो, बच्चाको समस्याप्रति गैर जिम्मेवार बन्नुहुन्न । तर, सानोतिनो समस्यामा धेरै अत्तालिनु पनि हुँदैन । धैर्यतापूर्वक बच्चाको स्यहार गर्नुपर्छ ।
गल्ती- ३
पहिलो बच्चाकी आमा हरवखत बच्चाकै स्यहारसुसारमा लाग्छिन् । तर, बच्चाको ख्याल गर्ने चक्करमा आफ्नो स्वास्थ्यको भने ख्याल राख्दैनन् । जतिसुकै थकान भएपनि, जतिसुकै तनाव भएपनि आफ्नो स्वास्थ्यको बारेमा सोच्दैनन् । बच्चालाई दुध चुसाउने, दिसा-पिसाब गराउने, मालिस गरिदिने जस्ता कामले उनीहरुलाई निकै थकित बनाएको हुन्छ । तर, आफ्नो लागि समय निकालेर आरम गर्दैनन् । यसले भविष्यमा उनीहरुको शरीर कमजोर र रोगी हुन सक्छ ।
गल्ती-४
प्यारेन्टल गाइड एवं पुस्तक धेरै कम हुन्छ, जसमा राम्रो जानकारी दिइएको हुन्छ । तर, यस्तो पुस्तकको आधारमा मात्र बच्चाको रेखदेख गर्नु पनि सहि होइन । किनभने कितावमा लेखिएको जस्तै स्थिती नहुन सक्छ ।
गल्ती-५
अहिले क्यामेरा सहजै उपलब्ध हुन्छ । त्यही कारण आमाबुवाहरु आफ्नो बच्चाको हरेक क्षणलाई क्यामेरामा कैद गर्न चाहन्छन् । तर, हरक्षण बच्चाको फोटो खिच्नु राम्रो होइन । फोटो खिच्ने चक्करमा बच्चाको उचित हेरचाह नपुग्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




