भनिन्छ, हज्जार शब्द भन्दा एउटा तस्बिरले धेरै कुरा बताउन सक्दछ । तर सबै तस्बिरहरुले उत्तिकै  महत्व बोकेका भने अवश्य हुदैनन् । आज यहाँ त्यस्तै शसक्त महत्व बोकेको तस्बिरहरु प्रस्तुत गर्दै छौँ । यि  तस्बिरहरुलाई यहाँ यसकारण पनि प्रस्तुत गरिएको हो कि, यि तस्बिरहरुमा विशेष दिन, घटना र परिस्थितीहरु समेटिएको छ ।

१.२३ घण्टाको लामो सफल मुटु प्रत्यारोपण शल्यचिकित्सक ।जो थकाईले लखतरान देखिन्छन् भने, अर्को कुनामा उनको असिस्टेन्ट निदाईरहेको देखिन्छ । यो तस्बिर फोटोग्राफर जेम्स स्टान्फिल्डले खिचेका हुन् । 

२.१२ वर्षिय डिएगो फ्राजाओ टर्क्वाटो , उनको शिक्षकको अन्तिम संस्कारमा भायोलिन बजाउँदै । भनिन्छ उनलाई ति शिक्षकले उनको गरिबीबाट उद्दार गरेका थिए । 

३.टेरि गुर्रोला, ७ महिना ईराकको युद्द मैदानमा खटिएर फर्किएपछि, आफ्नी सानी छोरीलाई अंगालोमा बेर्दै ।

४.मृत्युमा पनि नछुट्टिएको जोडि, एक फ्याक्ट्रीमा संगै काम गर्ने जोडी जस्को फ्याक्ट्री भत्किएर पुरिँएर निधन भएको थियो । 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार