चलचित्रका अभिनेता/अभिनेत्री हुन् वा म्युजिक भिडियोमा अभिनय गर्ने नर्तक/नृत्यांगना, अलिकति चर्चामा आउनेबित्तिकै उनीहरू एक खालको नखरा देखाउन थालिहाल्छन् । यस्तै घमन्ड मोडल तथा नृत्यांगना अन्जली अधिकारीमा पनि देखा पर्न थालेको बताइन्छ ।

विगत चार वर्षदेखि म्युजिक भिडियोमा व्यस्त अधिकारी एक वर्ष अघि सार्वजनिक भएको बोलमाया गीतको भिडियोबाट आमदर्शकको नजरमा परेकी हुन् भने गलबन्दीले उनलाई थप चर्चामा ल्यायो । त्यससँगै अन्जलीको पारो चढेको संगीतकर्मीहरू बताउँछन् ।

अभिनयमा उत्कृष्ट अन्जलीलाई यही घमन्डले सिध्याउने त होइन ? कतिपय संगीतकर्मीको आशंका छ । एक स्रोतका अनुसार अन्जलीको व्यवहारकै कारण केही कोरियोग्राफर, सिनेम्याटोग्राफर तथा सर्जकसँग उनको सम्बन्ध चिसिएको छ ।

चर्चामा जो पनि आउँछन्, तर त्यसलाई यथावत् राख्न सक्नु कलाकारको विशेषता हो । त्यसैले अन्जलीले समयमै सचेत हुने हो कि ?

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार