काठमाडाैं – नेपालका युवा वैज्ञानिक डा. अच्युत अधिकारीले अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएका छन्। संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन(युनेस्को)ले ‘ओल्ड एकेडेमी अफ साइन्सेस’मार्फत प्रदान गर्दै आएको पुरस्कार यसवर्ष त्रिभुवन विश्व विद्यालयका उप–प्राध्यापक डा. अधिकारीलाई प्रदान गर्ने भएको हो। पाकिस्तानका अब्ताहु रहमानको नाममा विकशोन्मुक मुलुकमा रहेर अनुसन्धान गरिरहेका व्यक्तिलाई प्रदान गर्दै आएको सो पुरस्कारको राशी ५ हजार अमेरिकी डलर रहेको छ।
डा. अधिकारीले नेपाली जडिबुटी टिमुरमा अनुसन्धान गरेर सो पुरस्कार प्राप्त गरेका हुन्। उनले रत्तचाप नियन्त्रण, मधुमेधको उपचार, कलेजो र दाँतको सुरक्षाका लागि टिमुरमा औषधीय गुण रहेको पत्ता लगाएका थिए। शुक्रबार बिहान रेडियो नागरिकसँग कुराकानी गर्दै उनले आफू अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनोट भएको भन्दै खुशी ब्यक्त गरे। नेपालमा अनुसन्धानका क्षेत्र धेरै रहेको भन्दै उनले विश्वविद्यालयको शिक्षालाई अनुसन्धान मुखी बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए।
डा. अधिकारीलाई यसैवर्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा नाष्ट विज्ञान तथा युवा प्रविधिबाट समेत सम्मानित सम्मानित गरिएको थियो। पाल्पाका डा. अधिकारीले नेपालको मौलिक कृषि उत्पादनलाई अन्तराष्ट्रियकरण गर्न खोज अनुसन्धान गरिरहेका छन्। उनले टिमुरसँगै अहिले अदुवाको औषधीय गुणका विषयमा खोजी गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




