मेलबर्न । मेलबर्न स्टार्सले अष्ट्रेलियाका आगलागि प्रभावितलाई सहयोग गर्न नेपाली बलर सन्दिप लामिछानेको क्रिकेट टिसर्ट लिलामीमा राखिएको छ ।
अष्ट्रेलियामा जारी बिग व्यास लिगका क्रममा गत जनवरी २ मा मेलबर्न स्टार्सको टिमले सिड्नीमा सिड्नी थन्डर विरुद्ध खेलेको थियो । स्टार्सका अनुसार सोहि दिन मैदानमा उत्रिएका खेलाडिले लगाएको टिसर्ट च्यारिटि अक्सनमा राखिएको हो । टिसर्टमा हरेक खेलाडीले आफ्नो हस्ताक्षर गर्नेछन् । त्यस्तै टिमका सबै सदस्यले हस्ताक्षर गरेको टिसर्टपनि अक्सनमा राख्ने मेलबर्न स्टार्सले उल्लेख गरेको छ ।
यो समाचार तयार पार्दा सम्म सन्दिपको टिसर्टमा २२ जनाले खरिद गर्न इच्छा देखाएका छन् । बोलकबोलका क्रममा टिसर्टको मुल्य ७ सय १० डलर पुगेको छ भने जनवरी ११ सम्ममा सबै भन्दा बढी बोलकबोल गर्नेले उनको टिसर्ट खरिद गर्नेछन् ।
त्यस्तै, सन्दिप लामिछानेले जनवरी ८ मा सिड्नी थन्डरविरुद्ध मैदानमा उत्रिने क्रममा आफ्नो जुत्ताको एकातिर ‘भिजिट नेपाल २०२०’ लेखेर नेपालको प्रचार गरेका छन् भने ‘बुसफायर हिरोज’ अर्कोतिर लेखेर अष्ट्रेलियामा जारी आगलागि पिडित प्रति सहानुभुति प्रकट गरेका छन्
नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न
यहाँ क्लिक गर्नुहोस्।
फेसबुक
र
टिकटक
मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




