काठमाडौँ — धनकुटा कचिडेस्थित घरमा ४० औं जन्मदिन मनाउन साहित्यकार झमक घिमिरेले आइतबार बिहान सुरसार गरिरहेका बेला काठमाडौंमा भने सरकारले बनाइदिएको तीनतले भव्य निवास चिटिक्क सजिँदै थियो । गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको एक रोपनी जग्गामा बनेको अपांगमैत्री झमक घरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यदेखि प्राज्ञ लक्ष्मी माली, साहित्यकार स्नेह सायमी, वासुदेव अधिकारी, अनन्त वाग्ले, अनिता लामा, सुरेश हाचेकाली, रोजिता बुद्धाचार्य जम्मा भएका थिए ।
सामाजिक दूरी राखेर शाक्यले घरकै परिसरमा एभोकाडो र अम्बाको रूख रोप्दै गर्दा झमक प्रतिष्ठानसम्बद्ध स्रष्टा अनिताले एउटा चिठी निकालेर पढ्न थालिन्, जुन खुट्टाले लेखेरै धनकुटादेखि झमकले पठाएकी थिइन् ।
‘सरकारले स्रष्टालाई गरेको यो ठूलो सम्मान हो,’ चिठीमार्फत झमकले भनिन्, ‘म निकै भावुक बनेकी छु । छिट्टै काठमाडौं आउन चाहन्छु ।’ जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित झमक बोल्न र हिँडडुल गर्न सक्दिनन्, खुट्टाले लेखेरै संवाद गर्छिन् । खुट्टाको तीनवटा औंला मात्रै चल्ने उनले आधा दर्जनभन्दा बढी कृति लेखेकी छन् भने आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि केही वर्षअघि मदन पुरस्कार पाएकी थिइन् । यिनै स्रष्टाको सम्मानमा सरकारले पाँच वर्षअघि घर बनाउने घोषणा गरेको थियो । त्यतिबेलै पशुपति क्षेत्र विकास कोषको जग्गा प्राप्त भए पनि निर्माण कार्य भने दुई वर्ष अगाडि थालिएको थियो । १ करोड ८० लाखको लागत रहेको तीनतले घर निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा छ । प्रधानमन्त्री पत्नी शाक्यको रेखदेखमा निर्माण सम्पन्न भएको घरको छिट्टै हस्तान्तरण गरिने बताइएको छ ।
सहरी विकास मन्त्रालयका तर्फबाट ज्ञानज्योति बिल्डर्सले निर्माण गरेको घर पूर्ण रूपमा अपांगमैत्री छ । भुइँतलामा झमकको बस्ने, लेखपढ गर्ने र सुत्ने थलो बनाइएको छ भने ह्विलचियरबाटै लिफ्ट चढेर छतमा घाम ताप्न जान सकिने बन्दोबस्त मिलाइएको छ । अनिताका अनुसार दोस्रो तलामा झमकको परिवार बस्ने छ भने तेस्रो तलामा पुस्तकालय र सभा हल निर्माण गरिएको छ । वृक्षरोपणपछि प्रधानमन्त्री पत्नी शाक्यले सरकार स्रष्टाहरूको सम्मानमा कटिबद्ध रहेको बताइन् । सामाजिक दूरी कायम राखेर गरिएको कार्यक्रममा प्राज्ञ लक्ष्मी माली, साहित्यकार स्नेह सायमी, वासुदेव अधिकारी, अनन्त वाग्ले, अनिता लामा, सुरेश हाचेकाली, रोजिता बुद्धाचार्यलगायतले झमकद्वारा रचित कविता सुनाए ।
स्रोत:ईकान्तिपुर
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




