टोकियो/जापान। जापानमा गत मार्चमा विश्वविद्यालयबाट स्नातक गरेका ९८.१% मानिसहरूले अप्रिल १ सम्म अनौपचारिक जागिरको प्रस्ताव प्राप्त गरेको श्रम तथा शिक्षा मन्त्रालयको सर्वेक्षणले देखाएको छ।

यो संख्या अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतले बढेको हो । जापानमा यस्तो सर्वेक्षण सन १९९६ देखि हरेक वर्ष गरिंदै आएको छ।

कोभिड–१९ महामारीको प्रभाव कम भएपछि विभिन्न उद्योगमा रहेका कम्पनीहरूले श्रमिक अभावका बीच थप काममा राख्न इच्छुक रहेको श्रम मन्त्रालयका एक अधिकारीले बताए । जसले गर्दा रोजगारी प्रस्तावदरमा वृद्धि भएको छ।

सर्वेक्षणले ९७.९% पुरुष स्नातक र ९८.३% महिला स्नातकहरूले अनौपचारिक जागिरको प्रस्ताव प्राप्त गरेको देखाएको छ। यो अनुपात ९७.९% मानविकी संकाय र ९८.८% विज्ञान तथा इन्जिनियरिङमा उत्तीर्ण हुनेहरूको लागि रहेको बताईएको छ।

यो सङ्ख्या एक वर्ष अघिको तुलनामा टोकियो बाहेकका सबै क्षेत्रहरूमा बढेको छ। जसमा च्युगोकु र शिकोकुमा सबैभन्दा बढी ९९.६% रहेको छ।सर्वेक्षणले ११२ विश्वविद्यालय, जुनियर कलेज र प्राविधिक विद्यालयलाई समेटेको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार