काठमाडौं –मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ उपाधी मिस नेपाल निकिता चाण्डकले जितेकी छिन् । मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ अन्तर्गत समूह तीनमा परेकी उनले उपाधी जितेकी थिइन् । हेड टु हेड च्यालेन्जका विजेताहरुले प्रत्यक्ष रुपमा मिस वल्र्डको टप फोर्टीमा प्रवेश पाउने नियम अनुसार उनी छनोट भएकी हुन् ।
यस च्यालेन्ज अन्तर्गत मिस वल्र्डमा सहभागि भएका प्रतियोगी विभिन्न आठ वटा समूहमा विभाजित गरिएका थिए । यसअन्तर्गत समूह १ मा इटाली, दुई अर्जेन्टिना, तीन नेपाल, ४ फ्रान्स, ५ कोलोबिया, ६ बंगलादेश, ७, चीन र ८ मंगोलिया विजयी भएका थिए ।
चीनको सान्यामा आगामी मंसिर २ मा मिस वर्ल्डमा प्रतियोगिको फाइनल हुँदैछ । ‘मिस वर्ल्डको टप ३० को सूचीमा परेको खबर भन्न पाउँदा खुसी लागेको छ,’ मिस वर्ल्ड नेपालको औपचारिक फेसबुक पेजमा उनले लेखेकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपालले टप मोडल, बेस्ट इन ट्यालेन्ट, खेल, ब्युटी बिथ प्रपोज र मिस मल्टिमिडिया लगायत विधामा प्रतिप्रर्धा गरिरहेकी छिन् । त्यस्तै मिस वर्ल्डको मल्टिमिडिया अवार्डको लागि भोटिङ खुला भइरहेको छ ।
मिस वर्ल्डको फाइनलको मुख्य विधा मानिने ‘ब्युटी विथ पप्रोज’को लागि मिस नेपाल निकिता चाण्डकले नेपाली युवतीहरुको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेकी छिन्। मिस वर्ल्डको ६७औं संस्करणमा नेपालबाहेक एक सय १९ देशका सुन्दरीहरु सहभागी भएका छन् । तीन साताको अवधीमा चीनको सान्यामा रहेका प्रतिस्पर्धीहरुले विभिन्न विधामा मार्किङ गरिनेछ । प्रतियोगितामा ब्यूटी,बे्रन, क्षमता र राम्रो कामका आधारमा मार्किङ गरिने आयोजकले जनाएको छ । आयोजक अनुसार प्रतियोगितामा स्थानीय र अन्तराष्ट्रिय कलाकारहरुले प्रस्तुती दिनेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




