टोकियो/जापान। ३० तारिखका दिन कान्तो क्षेत्रमा चेतावनी दिनुपर्ने तह को भीषण वर्षा हुने प्रबल सम्भावना रहेको छ। विशेष गरी बिहानको कार्यालय तथा विद्यालय जाने व्यस्त समयमा वर्षाको मात्रा चरम बिन्दुमा पुग्ने पूर्वानुमान गरिएको छ, जसका कारण जनजीवन र यातायातमा ठूलो असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ।

भारी वर्षा गराउन सक्रिय वर्षा बादलहरू हाल प्रशान्त महासागर तटीय क्षेत्र केन्द्रित हुँदै देशका पूर्वी क्षेत्रमा फैलिंदैछन्।इजु द्वीपसमूहमा एक्कासि प्रति सेकेन्ड २० मिटरभन्दा बढीको तीव्र हावा चलेको छ, र केही स्थानमा मुसलधारे पानी परिरहेको देखिएको छ।

इजु द्वीपसमूह र कान्तो क्षेत्रमा दिउँसोसम्म वर्षाको उच्चतम बिन्दु आइपुग्नेछ। विशेषगरी बिहानको समयमा एक घण्टामा ३० मिलिमिटरभन्दा बढीको भारी वर्षा र चट्याङ गडगडाहटसहितको मौसम रहनेछ।

३१ तारिखको बिहानसम्म इजु द्वीपका केही स्थानहरूमा १२० मिलिमिटरसम्म पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै, मुख्यभूमिको तटीय क्षेत्रमा पनि तीव्र हावासहितको वर्षा अपेक्षित छ।

यस्ता स्थितिमा अन्डरपासहरू डुबानमा पर्नु, रेल तथा बस सेवा प्रभावित हुनु, तथा अन्य सार्वजनिक सेवामा अवरोध आउन सक्ने भएकाले जनसाधारणलाई पूर्वतयारी र सावधानी अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार