टोकियो/जापान।
जापान एयरलाइन्स कम्पनीले बुधबार जनाए अनुसार, अन्तर्राष्ट्रिय उडानका लागि निर्धारित एक क्याप्टेनले ड्युटी अघि मदिरा सेवन गरेपछि भएको गम्भीर घटना पश्चात कम्पनीका अध्यक्ष लगायत सबै बोर्ड सदस्य र कार्यकारी अधिकारीसहित ३७ जनाको तलब कटौती गर्ने निर्णय गरिएको छ।

यो कदम जापान एयरलाइंसले सुरक्षा सम्बन्धी सचेतनामा सुधार पर्याप्त नभएको स्वीकार गर्दै आन्तरिक सुधारका रुपमा चालेको हो। पछिल्ला केही समययता मदिरा सेवनसँग सम्बन्धित घटनाहरू बढेपछि यो असामान्य निर्णय गरिएको हो। जापानको भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले गत हप्ता एयरलाइन्सलाई चेतावनी दिँदै भविष्यमा यस्ता घटना रोक्नका लागि स्पष्ट उपायहरू पेस गर्न निर्देशन दिएको थियो।

हालैको घटनामा हवाईबाट जापान आउनका लागि तोकिएका तीन उडान प्रभावित भए, जसमा दुई उडान करिब १८ घण्टा ढिला भए। क्याप्टेनले ड्युटी अघि मदिरा सेवन गरेर JAL को नियम उल्लङ्घन गरेका कारण यस्तो भएको थियो।

यसअघि, गत डिसेम्बर महिनामा अष्ट्रेलियाको मेलबर्नबाट टोकियो नजिकै रहेको नरितामा उडान गर्न तोकिएका दुई पाइलटले प्रि-फ्लाइट अल्कोहल परीक्षणमा असफल भएपछि उडान करिब ३ घण्टा ढिला भएको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार