ओसाका/जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय कार्यसमिति कान्साईको ८ औँ अधिवेशन जुन ११ तारिख शुक्रवार गरिने भएको छ ।
एनआरएनए, जापान कान्साई क्षेत्रीय कार्यसमितिको मे ७ तारिख सुक्रबार भर्चूलरूपमा बसेको बैठकले २०२१ जुन ११ तारिख ८ औ अधिवेशन गर्ने निर्णय गरेको हो ।
एनआरएनए राष्ट्रिय समन्वय समिति जापानले मे १५ देखि जुन १५ सम्म जापानका सम्पुर्ण क्षेत्रीय कार्यसमितिहरुलाई अनिवार्य रुपमा अधिबेशन सम्पन्न गर्न भनि दिएको निर्देशन बमोजिम कान्साई क्षेत्रीय कार्यसमितिको बैठकबाट जुन ११ मा अधिबेशन गर्ने निर्णय गरिएको कान्साई क्षेत्रीय कार्यसमितिका संयोजक कृष्ण गैरे शर्माले जानकारी दिनुभयो ।

कार्यसमिति चयनमा सहमति नभएको खण्डमा भने एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदद्धारा निर्माण गरिएको एमआईएस सिस्टमबाट जुन १४ तारिखका दिन अनलाइन भोटिङ् मार्फत हुने निर्णय भएको छ ।
संस्थाका संयोजक कृष्ण गैरे शर्माको अध्यक्षतामा बसेको बैठकले रमेश बाबू घिमिरेको संयोजकत्वमा तुलसीराम खरेल र कृष्ण गैरे शर्मा सहित ३ सदस्यीय निर्वाचन समिती चयन गरेको छ।२०२१-५-१५ हालको कार्यसमितिको कार्यअवधी निष्कृय हुने र निर्वाचन समिती सकृय हुने गरि गरेको निर्णयमा निर्वाचन समितीले आवश्यकता अनुसार सदस्य संख्या थप गर्न सक्ने छ।

यस्तै राष्ट्रिय समन्वय परिषद जापानले पनि प्रत्येक क्षेत्रीय समितिको आगामी अधिवेशन लागि महाधिवेशन अनुगमन समिति पनि चयन गरेको छ । जस बमोजिम कान्साई क्षेत्रको अधिवेशनन अनुगमन समितिमा केन्द्रिय कार्यसमितिका उपाध्यक्ष नविन न्यूरे ,सदस्यद्धय महेश कुमार कटुवाल र शिवु थापालाई यसअघि नै चयन गरिसकेको छ ।कार्य समितिको बैठकबाट उम्मेद्धारी शुल्क पनि निर्धारण गरिएको छ । उक्त बैठकबाट उम्मेद्धारी शुल्क निम्न बमोजीम निर्धारण गरिएको छ।
संयोजक पदका लागि =१०००००
उपसंयोजक पदका लागि =७००००
सचिव/ कोषाध्यक्ष पदका लागि =५ ००००
सह सचिव/सह कोषाध्यक्ष =३००००
सदस्य/मनोनित सदस्य पदका लागि= २००००

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार