टोकियो । लाेकप्रिय सर्जक केशव पाैडेलले नयाँ आधुनिक गित बजारमा ल्याएका छन् । आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएकाे आधुनिक गित“पैसा र बैँश” मा हेमन्त सिशिरको संगित,स्वर तथा एरेन्ज रहेको छ ।

केशव पौडेलको शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा नायक सविन श्रेष्ठ र सुसिला थापाको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन देबेन्द्र कुँवरले गरेका हुन भने छायाकंन नरेश ऐरले गरेका हुन् । म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

पौडेलका – ‘उही खोलीको माछा उहि खोलीको पानी’गुन्द्रुक मिठो सागको’लगायतका गीतहरु निरै लोकप्रिय छन् । हेर्नुहोस् नयाँ भिडियो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार