
काठमाडौं । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड १० रुपैयाँ रुपैयाँ अनुदान दिने भएको छ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले आइएलओ र गैर आवासीय नेपाली संघ बीच गत मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी गराउनुभयो ।
केसीले गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभा तथा ज्ञान सम्मेलनलाई सम्वोधन गर्दै आईएलओको सहयोग बारे जानकारी दिनुभएको हो । संघका अध्यक्ष कुमार पन्तले आइएलओको निर्णय स्वागत योग्य भएको बताउनुभयो । उहाँले गैर आवासीय नेपाली संघप्रति विश्वभरका नेपाली लगायत अन्तर्राष्ट्रिय समुदायको समेत भरोसा रहेको भन्ने सन्देश गएकाले आएलओको आर्थिक सहयोग दिएको जानकारी गराउनुभयो ।
एनआरएनए महासचिव डा. हेमराज शर्माका अनुसार कोभिड–१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ आइएलओले सो आर्थिक सहयोग गर्न लागेको हो । संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि सो रकम खर्चिने छ । संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कुटनीतिक नियोगसंग समन्वय गरि कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी संघले गरेको छ ।
महासचिव डा. शर्माका अनुसार आइएलओबाट प्राप्त सहयोगले नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिने भएको छ । सहयोगको लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, डा. पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रोपोजल तयार पार्नुभएको थियो ।
त्यस्तै, कोषाध्यक्ष महेश श्रेष्ठले आइएलओले संस्थाको आर्थिक पारदर्शीताको पाटो बलियो देखेर सहयोग गरेकोमा खुसी ब्यक्त गर्नुभयो । सहमतीपत्रमा हस्ताक्षर भइसके पनि रकम आउँन भने केहि समय लाग्ने पनि कोषाध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । कोषाध्यक्षमा श्रेष्ठ आउनुभएपछि संस्थामा आर्थिक पारदर्शीताको शूरुवात भएको छ ।
आइएलओले सो प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




