नेपाली फिल्म क्षेत्रमा केही सातायता नातावाद र समुहवादको विषयमा बहस चर्किएको छ । सुशान्त सिंह राजपूतले बलिउडमा व्याप्त नातावादका कारण आत्महत्या जस्तो ठूलो कदम उठाएको टिप्पणी हुन थालेपछि अभिनेत्री नम्रता सापकोटाले एक भिडियोमार्फत् नेपाली फिल्म क्षेत्रमा पनि नातावादका कारण धेरै कलाकार डिप्रेसनको शिकार भएको बताएकी थिइन् ।
अहिले यही विषयमा नेपाली फिल्मकर्मीहरुले आफ्नो विचार राखिरहेका छन् । फिल्म ‘अनुराग’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले नेपाली फिल्म क्षेत्र नातावाद र समुहवादको घेराबन्दीमा रहेको बताएकी छन् । प्रतिभावान व्यक्तिलाई भन्दा आफ्ना भाइ-भतिजालाई अवसर दिने प्रवृति फिल्म क्षेत्रमा व्याप्त रहेको उनको भनाई छ ।
‘अनुराग’ मा आफूले नयाँ प्रतिभालाई अवसर दिएको बताउँदै उनले भनेकी छन्, ‘मैले अडिसनबाटै हिरो लिए पनि दुःख गरेर आएको नयाँ मान्छेलाई ल्याएको हुँ । मैले ठूलो रिक्स मोलेको थिएँ । अरु कसले मोल्न सक्छ त्यस्तो रिक्स ? म अरु जस्तो नाटक गरेर आफ्नो गर्लफ्रेण्ड र ब्वाईफ्रेण्ड झार्दिनँ ।’ आफ्नो पहिलो फिल्म असफल नभए पनि हिम्मत नहारेको उनको भनाई छ ।
उनले आफू पनि नेपोटिज्म र ग्रुपिज्मको शिकार भएको खुलाएकी छन् । आफू विवाहित भएकै कारण कति फिल्मबाट निकालिएको उनी सुनाउँछिन् । एलिजाले हालै एक अन्तर्वार्तामा भनेकी छन्, ‘मलाई राम्रो फिल्मबाट अफर आएको छ भने रातारात त्यहाँ हिरोइन परिवर्तन भइहाल्छ । किनकि, म त विवाहित हुँ । यस्तो कति फिल्ममा भएको छ । तर, नाम चाहिँ लिन्नँ ।’
नेपोटिज्म र ग्रुपिज्म फिल्म क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा रहेको उनी बताउँछिन् । आर्थिक अवस्था कमजोर भएका, नयाँ कलाकार र प्रतिभावान व्यक्तिलाई फिल्म वा भिडियोमा अवसर दिन एलिजाको निर्माता तथा निर्देशकलाई आग्रह छ । आफ्नै भाइ-भतिजालाई मात्र आश्रय दिने हो भने नेपाली फिल्म क्षेत्र चाँडै बलिउडमा जस्तो कपूर र खानको मात्र हुने उनको तर्क छ ।
स्रोत : फिल्मीखबर
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




