
काठमाडौं । आईफोनको सस्तो मोडल आईफोन एसई पनि प्रयोगकर्तामाझ निकै लोकप्रिय छ । सानो स्क्रिन र राम्रो फिचरसहित सस्तो मूल्यमा उपलब्ध हुने भएकाले पनि एसई मोडल लोकप्रिय बनेको हो ।
एप्पलले हालसम्म एसईको दुई मोडल सार्वजनिक गरिसकेको छ । अब भने कम्पनीले आइफोन थर्टिनमा प्रयोग भएको ए फिफ्टीन बायोनिक चिपसहित एसई मोडल सार्वजनिक गर्ने चर्चा चलेको छ ।
हालसम्म विभिन्न माध्यमबाट बाहिरिएको चर्चामध्ये आईफोन एसई थ्रीमा आइफोन थर्टिन मै प्रयोग भएको ए फिफ्टीन बायोनिक चिप प्रयोग हुनेछ र यसले फाइभजी समेत सपोर्ट गर्नेछ ।आइफोनले सात वर्ष पहिलो सस्तो मोडल सार्वजनिक गरेको थियो । हालसम्म पनि एसईको बाहिरी आवरणमा खासै ठूलो परिवर्तन गरिएको छैन ।
एसई थ्री मोडलको पनि डिजाइनमा खासै ठूलो परिवर्तन नहुने हालसम्म बाहिरिएको तथ्यमा दाबी गरिएको छ । आगामी वर्ष सार्वजनिक हुने एसईको फाइभजी मोडल पनि फोजी एलटीई मोडलको डिभाइन भन्दा खासै फरक नहुने दाबी गरिएको छ ।
एसई मोडलको पहिलो जेनेरेसन आईफोन सिक्स एसको हार्डवेयर र आइफोन फाइभ एसको सफ्टवेयरमा आधारित थियो ।यस्तै, एप्पलले सन् २०२० मा सार्वजनिक गरेको एसई मोडलको दोस्रो जेनेरेसन आइफोन इलेभेनको प्रोसेसर र आईफोन एटको सफ्टवेयरमा आधारित रहेर डिजाइन गरिएको थियो ।
आगामी वर्ष सार्वजनिक हुने आईफोन एसईको तेस्रो जेनेरेसनमा पनि ४.७ इन्च स्क्रिनमा आधारित हुने धेरैको अनुमान छ ।
( यो खबर टेकपानामा प्रकाशित छ )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




