टोकियो/जापान। जापानका सुपरमार्केटहरूमा अगष्ट १० सम्मको एक सातामा बिक्री भएको चामलको औसत मूल्य ५ किलोका लागि करसहित ३,७३७ येन पुगेको छ। यो मूल्य अघिल्लो साताभन्दा १९५ येन बढी हो। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार, यस वर्षको नयाँ चामलको बिक्री सुरु भएकाले मूल्य वृद्धि भएको देखिएको छ।
मन्त्रालयले देशभरका करिब १००० सुपरमार्केटमा चामलको बिक्री मूल्य संकलन गरी प्रत्येक सातामा सार्वजनिक गर्दै आएको छ।
त्यसअनुसार, अगष्ट ४ देखि १० सम्मको अवधिमा बिक्री भएको चामलको औसत मूल्य ५ किलोका लागि करसहित ३,७३७ येन पुगेको हो, जुन अघिल्लो साताभन्दा १९५ येन बढी भएको बताईएको छ।
यसमा, उत्पादन स्थान र जात एउटै रहेको ब्रान्ड चामलको औसत मूल्य ५ किलोका लागि करसहित ४,२३९ येन पुगेको छ, जुन अघिल्लो साताभन्दा ३७ येन महँगो हो। सरकारी भण्डारणको चामल मिसाइएको ब्लेन्ड चामलको मूल्य भने १९१ येन बढेर करसहित ३,१९० येन पुगेको छ।
कृषि मन्त्रालयले नयाँ चामलको बिक्री सुरु भएकै कारण चामलको मूल्यमा वृद्धि भएको हुनसक्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




