टोकियो । जापानका लागि नेपाली राजदुत महामहिम प्रतिभा राणाले जापानमा नेपालीहरुले सिक्नुपर्ने कुराहरु धेरै भएपनि सकारात्मक आचरणहरु सिक्न र पालना गर्न उदासिन रहेको गुनासो व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली संघ जापानको ८ औँ वार्षिक साधरण सभामा प्रमुख आतिथी रहनुभएकी उहाँले, नेपालीहरुले ट्रेन यात्राका क्रममा, मोबाईलफोनमा ठुलो -ठुलो स्वरमा कुरा गर्ने, झै-झगडा गर्ने लगायतका बानीहरु सुधार गर्न जरुरी रहेको बताउनुभएको हो । राणाले, जापानमा नेपालीहरुले, सुविधा युपयोग र प्रविधि प्रयोगका कुराहरु सिके पनि समय व्यवस्थापन र समयनिष्ठतामा ध्यान दिन नसकेको  पनि बताउनुभयो । मानिसल् जबसम्म समयनिष्ठ बन्न सक्दैन तबसम्म समृद्द बन्न नसक्ने भन्दै समयप्रति उत्तरदायी बन्न आग्रह पनि गर्नुभयो । थप भिडियोमा हेर्नुहोस् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार