२२ कात्तिक, बारपाक (गोरखा) । माओवादी केन्द्रका नेता तथा गोरखा-२ का प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वी डा. बाबुराम भट्टराईलाई बिचारबिनाका नेताको संज्ञा दिएका छन् । आफूले गोरखा २ बाट चुनाव जित्नेमा शंका नगर्न श्रेष्ठले पत्रकारहरुलाई आग्रह गरे ।
‘बाबुरामजीको कुनै बिचार र योजना छ र ?’ विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘उहाँको कुन समयको बिचार र योजनालाई मान्ने ?’
श्रेष्ठले भट्टराईमाथि कटाक्ष गरे, ‘माओवादीमा हुँदा, त्यहाँबाट निस्केर नयाँशक्ति गठन गर्दा, नयाँशक्तिको शक्ति निर्माण गर्न नसकेर संघीय समाजवादी फोरमसँग पार्टी एकता गरौं भन्दा, फोरमले अस्थिर बिचार भएकासँग एकता गर्दैनौं भनेर पछाडि हटेपछि उसैको चुनाव चिन्ह मशाल लिएर स्थानीय तह निर्वाचनमा सामेल हुँदा, एकीकृत कम्युनिस्ट पार्टी बनाउन म पनि आउँछु भन्दा, चार दिनमै निस्केर जाँदा या त्यसको चार दिनपछि कांग्रेससँग पुग्दा । कतिबेलाको बिचारलाई मान्ने बाबुरामको ?’
आफूले निर्वाचन जित्नेमा पत्रकारहरुले शंका गरिरहेको नारायणकाजीले प्रसंग कोट्याए । उनले भने, ‘बाबुरामजी प्रधानमन्त्री पनि हुनुभएको, नाम अलिकति चलेको पनि छ । ‘बाबुराम, साबुराम जोसुकै भए पनि जित्छु भनेर आएको हो म यहाँ । यसमा कुनै शंका गर्नुपर्दैन ।’
आफूसँग प्रष्ट बिचार हुनु नै चुनाव जित्ने बलियो आधार भएको श्रेष्ठले बताए ।
गोरखा-२ का कांग्रेस समर्थकहरुको पनि आफू नै प्रतिनिधिसभाको उम्मेदवार भएको श्रेष्ठको जिकिर थियो । ‘जसलाई कांग्रेसले समर्थन गरेको छ, उसले विकास निर्माणका निम्ति सरकार बनाउन सक्दैन । र, राजनीतिमा मौकापरस्त, अवसरवादी र व्यक्तिवादी प्रवृत्ति यति देखियो कि त्यसले लोकतन्त्रलाई सुदृढ पनि गर्दैन ।’
श्रेष्ठले डा. भट्टराईलाई मौकावाद, अवसरवाद र व्यक्तिवादबाट ग्रसित नेताको संज्ञा दिए । ‘आज एउटा, भोलि अर्कै, पर्सि अर्कै कुरा गर्ने र त्यसको वरिपरि जनता आइदिन्छन् भनेर मतदातालाई भेडाबाख्रा ठान्ने मान्छेले लोकतन्त्रको रक्षा गर्दैन,’ उनले भने ।
बारपाकको चुनावी सभामा भाग लिन जाँदा श्रेष्ठ लडेर सामान्य घाइते भएका छन् । उनको निधार र खुट्टामा चोट लागेको छ । यद्यपि खुट्टो खोच्याउँदै भए पनि उनले बुधबार दिउँसो बारपाकको चुनावी कार्यक्रमलाई सम्वोधन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




