टोकियो/जापान। प्रवासी नेपाली मञ्च जापानले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले आन्तरिक प्रशिक्षण सहित जापानको मुख्य तीन शहरमा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको हो । जापानमा रहेका नेपालीहरूसंग प्रवासको चुनौती र राज्यले गर्नुपर्ने सहयोग लगायत विषयमा खुला अन्तरक्रिया कार्यक्रम समेत आयोजना हुने अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिए । खुला कार्यक्रममा उपस्थितिको लागि संघ-संस्थाका नेतृत्वहरूलाई निमन्त्रणा गरेको छ। प्रवासी नेपाली मञ्च जापानको आन्तरिक प्रशिक्षण कार्यक्रममा मञ्च सम्वद्व सदस्य तथा सल्लाहकारहरूको उपस्थित हुने सचिव राजेन्द्र श्रेष्ठले बताए ।
नागोयामा आन्तरिक प्रशिक्षण हुने
प्रवासी नेपाली मञ्च जापानले १ फेव्रवरी २०२५ नागोयामा आन्तरिक प्रशिक्षण आयोजना गर्ने भएको छ । बिहान ११ बजेबाट आन्तरिक प्रशिक्षण हुने नागोयाका क्षेत्रीय अध्यक्ष नरेश राईले जानकारी दिए । जापानबाट प्रतिनिधित्व गर्ने, अन्तर्राष्ट्रीय कमिटीका सदस्य ,पुर्वी एशिया महादेशीय संयोजक,सदस्यहरू ,राष्ट्रिय कमिटीका सल्लाहकारहरू,चुवु क्षेत्रिय कमिटी नागोया, कान्साई क्षेत्रीय कमिटी ओसाका, क्यूस्यू क्षेत्रिय कमिटी फुकुओका तिन वटै क्षेत्रका मञ्चका सदस्यहरूलाई राखेर प्रशिक्षण गराउन लागेको हो ।
टोकियोमा फेव्रवरी २ तारिख अन्तरक्रिर्या कार्यक्रम हुने नेकपा(एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा खुला अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । प्रवासी नेपाली मञ्च जापानले आन्तरिक प्रशिक्षण बिहान १० बजे देखी ३ बजेसम्म र त्यस पश्चात् जापानवासी संग खुला अन्तरक्रिया कार्यक्रम हुने भएको हो । आन्तरिक प्रशिक्षण कार्यक्रममा अन्तर्राष्ट्रीय कमिटीका सदस्य ,पुर्वी एशिया महादेशीय पदाधिकारी तथा सदस्यहरू, राष्ट्रिय कमिटीका सल्लाहकारहरू, विभागका सदस्यहरू कान्तो क्षेत्रिय कमिटि, गुन्मा क्षेत्रिय कमिटी, तोहोकु क्षेत्रिय कमिटी सेन्दाईबाट उपस्थित हुने जनाएको छ ।
ओकिनावा प्रशिक्षण र अन्तरक्रिया एमाले केंद्रीय सदस्य डा.सूर्य प्रसाद पाठकको प्रमुख उपस्थितिमा ओकिनावामा फेव्रवरी ९ तारिख दिउसो १ बजे देखी ५ बजे सम्म प्रशिक्षण हुने छ । ओकिनावा क्षेत्रीय कमिटिका सदस्यहरू, सल्लाहकारहरू , बिभागीय र मञ्च सम्वद्व सदस्यहरूको प्रशिक्षण र त्यसपछि खुला हुने भएको हो । अन्तरक्रिया कार्यक्रममा स्थानीय संघ संस्था, ओकिनावा निवासी नेपालीहरूसंग खुला अन्तरक्रिया कार्यक्रम आयोजना गरेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटी सदस्य तथा जापान ईन्चार्ज सुरेश केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




