टोकियो/जापान। जापानको सत्तारूढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को सर्वोच्च नेता चयन आजदेखि आधिकारिक रूपमा सुरु भएको छ।

एलडीपीको अध्यक्ष चुन्ने चुनावलागि आज (२२ तारिख) बिहान १० बजे उम्मेदवारी दर्ता खुला गरिएको हो। यसपटक ५ नेताहरूले उम्मेदवारी दिने बताईएको छ। कृषि तथा वन मन्त्रालयका मन्त्री शिन्जिरो कोइजुमी, पूर्व आर्थिक सुरक्षा मन्त्री कोबायाशी, पूर्व आर्थिक सुरक्षा मन्त्री ताकाइची, सरकारका प्रवक्ता तथा मुख्य क्याबिनेट सचिव हायाशी, र पूर्व महासचिव मोतेगी।

यी पाँचै जना अघिल्लो वर्ष ९ उम्मेदवारबीच भएको प्रतिस्पर्धामा पनि उत्रिएका थिए, र यसपटक पनि पुनः प्रतिस्पर्धा गर्न आएका हुन्। उम्मेदवारी दर्तापछि दिउँसोबाट आधिकारिक बहस सुरु हुनेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार