२३ माघ,

बहुचर्चित सुनकान्डको छानबिनसगै पक्राउ पर्नेकम जारी रहेको छ ।

दुबईबाट आएको ३४ किलो सुन काण्डमा आईबार एसएसपी श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।

सुनकाण्डमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो ।

विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै एसएसपी खत्रीलाई पनि त्यहाँबाट फिर्ता बोलाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार