वीरगञ्ज ९ फागुन । बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त भएको छ ।
वीरगन्ज महानगरपालिका–२६ की सनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी थिइन् ।
‘बाटोमै बच्चा जन्मिए पनि सरसफाइ र सालनाल काट्नका लागि सुत्केरी र शिशुलाई अस्पताल ल्यायौंँ,’ सनिताका बाबु इंगरासन राउत कुर्मीले भने, ‘सरसफाइपछि नर्सले बच्चा साटेर ल्याइन् ।’ कुर्मीका अनुसार जन्मिँदा छोरा थियो, तर अस्पतालले छोरी जिम्मा लगायो । कान्तिपुर दैनिकमा खबर छ ।
‘नाति जन्मेको खबर सबै आफन्तलाई फोनमार्फत सुनाइसकेको थिएँ,’ उनले भने, ‘ईरिक्सा चालकलाई समेत ६ सय रुपैयाँको मिठाई खान दिएको थिएँ ।’
बच्चा साटिएको भन्दै आफन्तले गरेको विरोध प्रदर्शनले मंगलबार दिनभर अस्पताल तनावग्रस्त बनेको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले बच्चा नसाटिएको दाबी गर्दै भने, ‘पीडितले उजुरी दिए बच्चा र आमाको डीएनए परीक्षण गर्न तयार छौँ, सीसीटीभी फुटेजबाट अनुसन्धान पनि भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




