अछाम, २८ फागुन । मंगलसेन नगरपालिका–५ की ३० वर्षीया कोकिला सुनारले २६ वर्षको उमेरमा पति गुमाईन् । ४ छोराछोरीको जिम्मेवारी उनकै काँधमा छ । पति गुमाएपछि कोकिलाले गिट्टी कुटेर परिवार पाल्छिन् । गिट्टी नकुटेको दिन घरमा चुलो बल्दैन ।
जेठो छोरो ८ वर्षको हुँदा उनको जीवनमा ठूलो संकट आइलाग्यो । पतिको अल्पायुमै मृत्यु भयो । त्यसपछि जीवनयापन गर्न कोकिलालाई निकै सकस भएको छ । छोराछोरीको पालनपोषण गर्न बिहानै काम खोज्न निस्कन्छिन् । ‘अरूले जे खायो, त्यही खाऊँ भन्छन्, अरूले जे लगायो, त्यही चाहियो भन्छन्,’ उनले भनिन, ‘छोराछोरीले भनेअनुसार पु¥याउनु त मेरा लागि सपनाजस्तै हो । बिहानबेलुकाको गुजारा चलाउनै मुस्किल छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
एकल महिलालाई समाजले फरक दृष्टिले हेर्छ । व्यवहार गर्छ । साँझ घर पुग्दा कहाँ पुगेर आइस् भनेर छिमेकीले अनेक शंका गर्ने उनले बताइन् । ‘गाउँलेलाई मेरो अवस्थाबारे थाहा हुँदाहुँदै पनि मैले काम गर्ने वातावरण पाएकी छैन । म छोराछोरी पाल्न संघर्ष गरूँ कि बाँच्नका लागि समाजसँग लडिरहूँ,’ उनले भावुक हुँदै भनिन् ।
छोराछोरी दसैंतिहार आउँदा नयाँ लुगा चाहियो भन्छन् । उनी र्पुयाउन सक्दिनन् । कापी कलमकै जोहो गर्नगाह्रो छ उनलाई । ‘कान्छो छोरो जम्मिएको ७ दिनपछि मैले ढुंगा बोक्ने काम सुरु गरेँ । अहिलेसम्म यही काम गर्दै छु,’ उनले सुनाइन् ।
४ छोराछोरी मंगलसेनस्थित षोडसा माविमा पढ्छन् । उनले अहिलेसम्म नयाँ पोसाक किनेर छोराछोरीलाई स्कुल पठाउन सकेकी छैनन् । अरूले दिएका पुराना लुगाले गुजारा चलेको छ । ‘नयाँ पोसाक लगाएर स्कुल जाने छोराछोरीको रहर कहिल्यै पूरा हुन सकेन,’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




