काठमाडौं, ११ चैत । नयाँ सरकारले नयाँ वर्षको उपहार स्वरुप उद्योग क्षेत्रमा पनि लोडसेडिङ नगर्ने भएको छ । जलस्रोत, उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुनले बैशाखदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ अन्त्य गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

आइतबार प्राधिकरणको लोड डिस्प्याच सेन्टरमा पुगेका मन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुराकानी गर्दै लोडसेडिङ नगर्न निर्देशन दिएका हुन् । सिइओ कुलमानले पनि उद्योग क्षेत्रको लोडसेडिङ वैशाख अन्तिमदेखि अन्त्य गर्ने प्रतिवद्धता जनाएको स्रोतले बताएको छ ।

उद्योग क्षेत्रमा दैनिक ४ घन्टा लोडसेडिङ भइरहेको छ ।
वैशाखको अन्त्य तिरबाट देशमा सञ्चालित आयोजनाको उत्पादन बढ्ने र भारतबाट पनि थप विद्युत् आयात गर्न मिल्ने देखेपछि प्राधिकरणले वैशाख अन्त्यबाटै लोडसेडिङ अन्त्य गर्ने बचन दिएको छ ।

‘नयाँ वर्ष, नयाँ सरकारसँगै उद्योगीलाई नयाँ सन्देश दिनुर्पयो भन्ने मन्त्रीको आग्रहपछि प्राधिकरण बैशाखको अन्त्यबाट उद्योग क्षेत्रमा लोडसेडिङ अन्त्य गर्न सहमत भएको हो’ स्रोतले बताएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार