सिराहा, १२ चैत । कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ ।
छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । निकाहभन्दा अगाडि बेहुलीका लागि महिलाले महर्दन दिने चलन । बेहुलीका लागि सुनका गहना, लत्ताकपडालगायत सामान दिनुलाई महर्दन भनिन्छ । तर महर्दनका कारण भनेजति सुन बेहुला पक्षले नल्याएकाले विवाह नै रोकिएको छ ।
सीयाली छाइरहेका बेला माहोल बदलियो । जन्तीहरुबीच भागभाग मच्चियो । केहीले खाना खाए, केही नखाइ घर भागे । विवाह रोकिएपछि सम्जिला बेहोस् भइन् । उनलाई तत्काल अस्पताल भर्ना गरियो ।
बिहे रोकिएपछि बेहुला पक्षसँग दाइजो फिर्ता र खर्च भएको रकम बेहुली पक्षले मागेको थियो । जन्तीलाई राति नै बिदाइ गरिएको स्थानीय बताउँछन् । खर्च रकम र दाइजो फिर्ता लिन बेहुली पक्षले बेहुला, उनका बुवा र ठूलो वुवालगायत पाँच जनालाई रोकेर राखेको थियो । रातभर छलफल भए पनि विवाद प्रहरी कार्यालयमा पुगेको समाचारमा उल्लेख छ ।
अन्नपूर्णका अनुसार लहान प्रहरी कार्यालयमा नमिलेको विवाद बेहुला पक्षले बेहुलीका बुवालाई एक लाख ८५ हजार रुपैयाँ तिरेपछि मिलेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




