काठमाडौं, १६ चैत । पर्वतको छमर्केमा मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् ।
मेला भरेर घर फर्कन बस कुरिरहेको अवस्थामा लिफ्ट दिने नाममा होटलमा पु¥याएको र मदिरा पिलाएर बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सँगै रहेकी किशोरीले भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा–१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा–५, वडागाउका १७ का सौगात शर्मा पौडेल र कुश्मा–५ कै मेलमिलाप चोकका सुजल श्रेष्ठ छन् । बलात्कारको घटनाबारे खबर नगरेको आरोपमा होटल सञ्चालक वाग्लुङ–१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक दिपक थापाका अनुसार बिहीबार राति पीडित युवतीसँगै साथी बाग्लुङ मेलामा सहभागी भएर पर्वत फर्किन गाडी कुरिरहेका थिए । त्यहीँ क्रममा दुई वटा मोटरसाइकल उनीहरुको अगाडि आइपुग्छ र कुश्मा जाने भए लिफ्ट दिन्छौं भन्छन् । तर, कुश्मा नगरपालिका–४, छमर्केमा ‘न्यू सेवा गेष्ट हाउस’ लान्छन् । त्यहाँ उनीहरुले अर्का एक जना साथीलाई पनि बोलाउँछन् । त्यहाँ उनीहरुले मदिरा सेवन गर्छन् । युवतीलाई पनि मदिरा खुवाएपछि बलात्कार गरेको खुलेको छ । अर्की युवती भने भाग्न सफल हुन्छिन् । उनले नै खबर गरेपछि जिल्ला प्रहरी कार्यालय, पर्वतको टोली घटनास्थल पुगेर उद्दार गरेको छ भने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथि जबरजस्तीकरणी मुद्दा अन्तरगत ७ दिनलाई म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार