काठमाडौं, १९ चैत । सरकारी कर्मचारीको लापरवाहीका कारण गलत विवरणमा तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृत लिएको खुलासा भएको छ ।
स्वास्थ्य, गृह, श्रम मन्त्रालयका कर्मचारीको लापरबाहीका कारण गलत विवरण पेश गरेका तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृत लिएका हुन् ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सेफर अस्पतालका लागि तीन जना उत्तर कोरियाली चिकित्सकको श्रम स्वीकृति लिन प्रयोग भएको कागजपत्रमा कहीँ कतै उनीहरु उत्तर कोरियाली चिकित्सक भएको उल्लेख छैन । उनीहरुले राहदानी त पेस गरेका छन् तर सरकारी कर्मचारीले समेत उत्तर कोरियाको राहदानी नचिन्दा उत्तर कोरियाली चिकित्सकले विनाविस्तृत अनुसन्धान श्रम स्वीकृति लिएका थिए ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि आणविक हतियारको जथाभावी उत्पादन र परीक्षण गरेको भन्दै कडा नाकाबन्दी गरेको छ । त्यसको बाबजुत नेपालमा भने उत्तर कोरियालीले निर्वाध रुपमा बिजनेस भिसामा समेत अवैध रुपमा काम गर्दै आएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार