काठमाडौं, २८ चैत । ‘पाइपभित्र विभिन्न फोहोर जमेका हुन सक्छन् । स्वास्थ्यमा असर गर्ने खालका कीटाणु पनि पाइपमा हुन सक्छन् । ट्रिटमेन्ट गर्न समय लाग्छ । त्यसबाहेक उपभोक्ताका घरघरमा जोडिएका प्रत्येक पाइपमा मिटर जडान गर्न बाँकी छ । यसका लागि मात्रै ३ महिनाभन्दा धेरै समय लाग्ने देखिन्छ,’ परियोजना कार्यन्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले भने ।
बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७ किलोमिटर लामो सुरुङ चार वर्षमा पूरा भएको छ । मंगलबार दिउँसो २ः२५ बजे २७.५८४ किमि सुरुङ ‘ब्रेक थ्रु’ भएसँगै मेलम्चीको पानी काठमाडौं छिटै आउने सम्भावना बलियो भएको छ । अन्य व्यवस्थापकीय काम सकेर आगामी भदौसम्ममा काठमाडौंमा पानी आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । तर, उपभोगका लागि भने माघदेखि मेलम्चीको पानी प्रयोगमा ल्याइने उनले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
अब, कति काम बाँकी ?
सुरुङ खनिए पनि प्लास्टर र भुइँ ढलान गर्न बाँकी नै छ । अहिलेसम्म ४.५ किमिमा मात्रै प्लास्टर र भुइँ ढलान भएको छ । २३.०८४ किमि सुरुङको प्लास्टर र भुइँ ढलान गर्न कम्तीमा तीन महिना लाग्ने समितिले जनाएको छ ।
सुरुङभित्र कम्तीमा तीनवटा एअर लिफ्ट भेन्टिलेटर पनि राख्नुपर्छ । यसका लागि कम्तीमा ६० दिन लाग्छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र सुरुङको मुख जोड्न २५० मिटर पाइप बिछ्याउन बाँकी छ । सिन्धुपाल्चोकस्थित पानीको मुहानमा पनि ६० मिटर लम्बाइको पाइप बिछ्याउन बाँकी छ । सुरुङभित्र छिर्ने अडिटको मर्मत पनि गर्नुपर्नेछ । सबै काम योजनाअनुसार अघि बढे सकिन कम्तीमा साउनको मसान्तसम्म कुर्नुपर्छ । तर, सबै काम सकिएको अर्को ६ महिनापछि मात्रै उपत्यकावासीले पानी पिउन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




