१३ मे, टोकियो ।  नेपाली चलचित्र ‘सायद २’ ले जापानमा पहिलो रेड-कार्पेट प्रिमियर सो गर्ने भएको छ । ‘सायद-२’ को जापान प्रिमियरका बारेमा,निर्माण तथा प्रदर्शन टिमले शुक्रबार टोकियोमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । पत्रकार सम्मेलन मा आइतबार प्रदर्शन हुने सो चलचित्रका निर्माताहरु निर्माता सुनिल रावल,इश्वर श्रेष्ठ,सुबास लामिछाने,अभिनेता सुशिल श्रेष्ठ श्याम अर्याल लगायतको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै निर्माता सुनिल रावलले नेपाली चलचित्र अन्तराष्ट्रिय स्तरमा प्रदर्शन हुनपाउनु नेपाली चलचित्रको ‘शुभदिन’को सुरुवात भएको बताए । नेपालमा हिन्दी चलचित्र संग नेपाली चलचित्रले प्रतिश्पर्धा गर्नु पर्ने अबस्था भए पनि नेपाली चलचित्रको गुणस्तर  भने बढेको बताए ।  रावलले भने -‘ यो चलचित्र बिदेशमा प्रदर्शन हुनु हाम्रो गुणस्तर बढेको प्रमाण हो ।’

दुर्गिस फिल्मस्को व्यानरमा निर्मित यस चलचित्रमा सुशिल श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशिल सिटौला, निशा कार्की, रुविना कार्की, वुद्धिलाल मगरको मुख्य भूमिका छ । पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा राजविक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द, गोविन्द राई र विक्रम स्वारको कोरियोग्राफी छ ।

सायद-२ को पहिलो प्रिमियर जापानमा गर्न लागेको जनाउँदै जापानबासी सम्पूर्ण नेपालीहरु लाई रेड-कार्पेटमा स्वागत गरिने जानकारी दिए । यही मे १४ तारिख नाकानो जिरो हलमा गरिने प्रिमियर शोका लागि चलचित्रका निर्माता सुनिल रावल, अभिनेता सुशिल श्रेष्ठ, सञ्चारकर्मीद्वय श्याम अर्याल र सचित खड्का केहिदिन अघि जापान आएका हुन् ।

माओबादी द्वन्दले ओरालो लागेको  चलचित्र क्षेत्र बल्ल उकालो लाग्यो 
पत्रकार सम्मेलनमा निर्माता रावलले माओबादी द्वन्दकालमा सम्पूर्ण चलचित्र हलहरु भत्काइदिएका कारण बर्षौं प्रभावित  भएको बताए । उनके भने,-‘पहिले गाउँ-गाउँमा हल थिए १६५ ठाउँमा प्रदर्शन हुन्थे, अहिले ६०-६५ मै सिमित छन तर पनि गुणस्तरीय चलचित्र बनिरहेको छ , यो खुसीको क़ुरा हो । ‘ अहिले समयानुसार , प्रविधि र प्राविधिकरुपले पनि चलचित्र क्षेत्र बलियो बन्दै आएको उनले ठहर छ ।

प्रिमियर शोबाट उठेको रकम समाज सेवामा
सायद-२ को प्रिमियर शोबाट उठेको रकम सुदूरपश्चिमका जेहेन्दार विद्यार्थीको छात्रवृत्तिको लागि सहयोग गरिने निर्माता श्रेष्ठले बताएका छन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार