The Prime Minister, Shri Narendra Modi with the Prime Minister of Nepal, Mr. K.P. Sharma Oli, at Hyderabad House, in New Delhi on April 07, 2018.

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण तय भएको छ । हिन्दुस्तान टाइम्सको समाचार अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही मे २१ मा नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपाल र भारतका अधिकारीहरुले भ्रमणको तयारी गरिरहेको बताइएको छ । मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको समाचारमा छ । २०१४ को सार्क सम्मेलनका बेला मोदी जनपुर जान चाहेका थिए । मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ । संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हुनेछ । शुरुमा भारतले नेपालको संविधानलाई स्वागत गरेको थिएन् । यसअघिको भ्रमणमा मोदी जनकपुर जाने कार्यक्रम अनितम समयमा रोकिएको थियो ।

भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार