एजेन्सी । गुगलले अब मेसेजिङ टेक्स्टको क्षेत्रमा एउटा नयाँ परिवर्तन ल्याउने तयारी गरेको छ । यद्यपि गुगलले लामो समयदेखि यस विषयमा काम गरिरहेको छ ।

सन् २०१३ मा (टक एप) लाई बन्द गरी गुगलले ह्याङआउटस् सुरु गरेको थियो र पछि फेरि एलो एप ल्याएको थियो । गुगलले अब एलो एप पनि बन्द गर्दैछ । अहिले गुगलले एक नयाँ मेसेजिङ एपमा काम गरिरहेको छ । जसको नाम च्याट राखिएको छ ।

गुगलको च्याट एपको सबैभन्दा महत्वपूर्ण विशेषता भनेकै प्रयोगकर्ताले यो एपको सहायताले कुुनै अन्य एपका प्रयोगकर्तालाई पनि मेसेज गर्न सक्नेछन् । अर्थात् गुगलको यस एपमा एसएमएस गर्नका लागि प्रयोगकर्तालाई एपभन्दा बाहिर जानु आवश्यक हुनेछैन ।

रिपोर्ट अनुसार गुगलले ऋजबत एपको काम अन्तिम चरणमा पुर्राएको छ र यसलाई लञ्च गर्नका लागि भारतीय टेलिकम कम्पनीसँग साझेदारीको पहल गरिरहेको छ । भारतका चर्चित टेलिकम कम्पनीहरु जियो, एयरटेल तथा भोडाफोनसँग उसले च्याट एपको विषयमा कुराकानी गरिरहेको बताइएको छ ।

विश्लेषकहरुका अनुसार गुगलको ऋजबत एपले फेसबुक स्वामित्वको ह्वाट्सएप तथा एप्पलको आइ मेसेज सर्भिसलाई कडा टक्कर दिने सम्भावना छ । गुगलको यस एपमा इमोजी, ग्रुप च्याट जस्ता कतिपय फिचर्स पनि हुनेछन् ।

तर उक्त एपले इनक्रिप्सनलाई सपोर्ट नगर्ने भएको हुुँदा सुरक्षाको दृष्टिकोणले भने कमजोर हुने विश्लेषण गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार