काठमाडौं, १४ बैशाख । उपत्यकाका सडक र सार्वजनिकस्थलमा नेपाली र भारतीय मगन्ते देखिनु–भेटिनु नौलो होइन । केही समययता उपत्यकामा चिनियाँ मगन्तेसमेत भेटिन थालेका छन् ।
चिनियाँ गीत–संगीत, सारङगी र अन्य वाद्यवादन बजाउँदै–सुनाउँदै पैसा मागिरहेका अवस्थामा चिनियाँ भेटिने गरेका छन् । सर्वसाधारणको बाक्लो चहल–पहल हुने काठमाडौंको वसन्तपुर, रत्नपार्क, बालाजु, ललितपुरको जावलाखेललगायतका स्थानमा २÷३ जनाको समूह र कतै भने एक्लाएक्लै पनि पैसा संकलन गर्दै आएको पाइन्छ ।
मगन्ते हुलिया र शैलीमा देखिने–भेटिनेहरू प्रायः अधवैंशे उमेर समूहका छन् । बिहीबार दिउँसो जावलाखेल चोकमा २ जना चिनियाँ महिला शिरमा लगाइने ह्याट फैलाउँदै सडक किनारामा आगन्तुकसँग पैसाका लागि अपिल गरिरहेको भेटिए । यस्तै शैलीमा करिब ६० वर्ष उमेर नाघेका झैं देखिने अर्का चिनियाँ नागरिक न्युरोड, जुद्ध शालिक र कहिलेकाहीं रत्नपार्क आसपासमा भेटिन्छन् ।
यसरी देखिने÷भेटिने चिनियाँको पासपोर्ट र सरकारी अभिलेखले उनीहरूलाई मगन्ते वा भिखारी भन्दैन, उनीहरू पर्यटक हुन् ।
पर्यटक भिसामा नेपाल आउनेहरू नै मगन्तेका रूपमा भेटिने गरेका र त्यस्ता नागरिकको गतिविधि गैरकानुनी भएको चिनियाँ पथ प्रदर्शक ध्रुव पौडेल बताउँछन् । ‘स्थल नाकाबाट नेपाल भित्रिने चिनियाँ काठमाडौं र पोखरामा समेत मगन्तेका रूपमा देखिने गरेका छन्, उनीहरू जुन प्रयोजनका लागि नेपाल आएका हुन्, त्योबाहेकको गतिविधिमा देखिनु गैरकानुनी कार्य हो’ उनले भने ।
एक दशकअघिदेखि चिनियाँ पथ पर्यटकको भूमिकामा रहनुभएका पौडेललाई प्रहरीले बेला मौकामा दोभाषेको भूमिकाका लागि सहयोग माग्ने गरेको छ । गत चैत २५ गते बालाजु प्रहरीले एक दृष्टिविहीन चिनियाँ महिला र उनका दाजुलाई बालाजु बाइपासबाट पैसा मागिरहेको अवस्थामा नियन्त्रणमा लिएपछि पौडेल सहजीकरणका लागि पुगेको थिए । उनले भने, ‘आफूलाई दाजु–बहिनी बताउने उनीहरूको साथ खानतलासी गर्दा केवल एक आरएमबी (करिब २० रुपियाँ) मात्रै फेला प¥यो, त्यस्ता पनि पर्यटक बनेर नेपाल भित्रिने गरेका छन् ।’
पौडेलको अनुभवमा तिब्बतको ल्हासास्थित वाणिज्य दूतावासमा भिसा प्रक्रिया पूरा गरी रसुवागढी, कोदारी जस्ता स्थल नाकाबाट नेपाल भित्रिने चिनियाँ मगन्तेका रूपमा रहने गरेका छन् । नेपालले चिनियाँ नागरिकलाई न्यूनतम एक महिना र वर्षमा अधिकतम १ सय ५० दिनको पर्यटक भिसा उपलब्ध गराउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा नेपाल भ्रमण गर्ने चिनियाँलाई भिसा प्रक्रिया निःशुल्क गरेपछि स्थल नाका हुँदै नेपाल आउने चिनियाँको संख्या सुधार भएको बताइन्छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




