काठमाडौं, १९ बैशाख । ठूलो परिमाणमा भइरहेका सुन तस्करी प्रकरणमा पुराना तस्करी घटनामा संलग्नहरु नै सक्रिय रहेको पाइएको छ ।
‘सनम शाक्यको हत्यापछि खुलासा भएको ३३ किलो सुन तस्करीमा मुछिएका प्रहरी अधिकारी र अन्य प्रतिवादीहरु यसअघि पनि संगठित सु्न तस्करीमै मुछिएको तथ्य खुलेको छ ।’

संगठित सुन तस्करीबारे गम्भीर अनुसन्धान नहुँदा र तस्करीमा मुछिएकाले सजिलै उन्मुक्ति पाउँदै अवैध स्वर्ण धन्दाको गुप्त कारोबार निर्वाध चलिरहेको देखिन्छ । मुख्यगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् हुने सुन तस्करीमा संलग्न प्रहरीका अलावा भन्सार अध्यागमन अधिकारीमाथि पनि अनुसन्धान केन्द्रित हुन नसक्दा तस्करीको श्रृंखला चलिरहेको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन कमिटी पनि यसअघिका अनुसन्धान जस्तै तस्करीको एउटा पाटोमाथि मात्रै केन्द्रित हुँदा संगठित स्वर्ण धन्दाको भित्री पाटोमा सक्रियहरु सहजै उम्कने सम्भावना बढेको छ ।

३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्याको अनुसन्धानको क्रममा पक्राउ परेकाहरुमध्ये २८ जनाविरुद्ध आज मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागिएको कान्तिपुर दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार