काठमाडौं, २० वैशाख । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीआर न्यूरो अस्पतालमा उपचार गराइरहेका बाल्यकालका सहयात्री डा. उपेन्द्र देवकोटासँग भेट गरेका छन् ।
आफ्नो बालसखा डा. देवकोटालाई भेट गरे लगत्तै सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटसमार्फत छिट्टै हुन आग्रह गरेका छन् । ‘वहाँको तीक्ष्ण स्मरण शक्ति र दृढ अठोट यथावत् देख्दा वहाँ सोचे जति गम्भीर विरामी भएको अनुभूत भएन र वहाँ आफैले आफ्नो जीवनको सीमाको फरक आँकलन गरेपनि प्रकृतिमा हुने आकस्मिकता र सम्भावनाका नियमहरूले वहाँ स्वस्थ हुनुहुनेछ भन्ने आशा पलाइरह्यो ।’

भट्टराईले बाल्यकालमा देवकोटासँग खिचेको सामूहिक तस्वीरहरु पनि फेसबुकमा पोस्ट गरेका छन् । उनले देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लेखेका छन् ‘चाँडै ठीक हुनू मेरो साथी, तिम्रा सबै क्लासमेटहरु तिमीप्रति गर्व गर्छौं ।’ भट्टराईले देवकोटालाई भेट्दाको अनुभव अस्पतालको भिजिटर बुकमा पनि लेखेका छन् । त्यहाँ पनि उनले देवकोटाको दृढ इच्छाशक्ति देख्दा अहिलेको असाध्य रोग पनि जित्न सक्ने विश्वास आफूलाई भएको उल्लेख गरेका छन् ।

भेटबारे भट्टराईले लेखेका छन् ‘संक्षिप्त भेटमा आज हामीले स्कुले जीवनको सुखद स्मरण र्गयौं, एक अर्काप्रति अन्तरहृदयदेखि सम्मान व्यक्त ग¥यौं । सामान्य मान्छेको जीवनमा देश र जनता र समाजको निम्ति गर्न सक्ने जति काम सम्पन्न गरेकोमा सन्तोष व्यक्त ग¥यौं र एक अर्काप्रतिको हाम्रो सोच र सम्बन्धबारे अरुले अनुमान गर्ने कुराहरुलाई खारेज गर्दै असल मित्रको रुपमा संसारबाट विदा हुने प्रण ग¥यौं ।’

नेता भट्टराईले आफू र देवकोटाले एक अर्कासँगको स्वस्थ प्रतिस्पर्धाले अहिलेको ठाउँमा र्पुयाएको दुबैले स्वीकार गरेको बताएका छन् । उनले अन्त्यमा लेखेका छन् ‘म मेरा अनन्य मित्र देवकोटाप्रति सँधै गर्व गर्दछु, गरिरहनेछु ।’

देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको हो । उनको बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई चार दिनअघि नेपाल ल्याइएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार