मुक्तिनाथ, २९ बैशाख । कसैले पनि कुनैपनि मुख्य मन्दिरको भित्र गएर फोटो खिच्न पाइदैन । त्यहाँ फोटो खिच्न मनाही छ भनेर लेखिएको हुन्छ ।। तर, आज मुक्तिनाथ मन्दिरमा भारतीय टेलिभिजनका पत्रकारलाई खुलेआम फोटो, भिडियो खिच्न छुट दिईयो ।

मोदीको मुक्तिनाथ दर्शनका क्रममा यहाँ पुगेका भारतीय टेलिभिजनका पत्रकारहरूले मूल मन्दिरको भित्री भागको समेत फोटो तथा तथा भिडियो खिचेका हुन् । नेपाली मिडियालाई विभेद गर्दै भारतीय पत्रकारलाई खुलेआम छुट दिइएको छ । यसमा नेपाल पत्रकार महासंघ मुस्ताङले भत्सर्ना गरेको छ ।
रिपोर्टिङका लागि मुक्तिनाथ पुगेका नेपाली पत्रकारहरुलाई भने सकसपूर्ण वातावरणमा राखियो । नेपाली पत्रकारहरुलाई मन्दिरको उत्तरपुर्बमा रहेको पुरानो कच्की घरको बार्दलीमा राखेर मूल स्थानमा जान दिइएन । जबकि भारतीय पत्रकारलाई खुलेआम छोडिएको थियो ।
नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले नेपाली पत्रकारहरूमाथि मुक्तिनाथमा विभेद गरिएको तर भारतीय पत्रकारद्वारा निषेधित क्षेत्रको समेत फोटो खिच्न दिइएको भन्दै आपत्ति प्रकट गरे ।

भारतका टेलिभिजनहरुले खुलेआम भित्रै पुजा आजा गरिरहेको भिडियो प्रशारण गरिरहदा नेपालका मुख्य भनिएका मिडियाहरुले ति भारतिय मिडियाको युटुब च्यानलको लिंक तानेर समाचार बनाउनु पर्ने बाध्यता यो जस्तो लाजमर्दो कुरो के हुन सक्ला र ?

 

https://www.youtube.com/watch?v=DVIj8c6rDDE

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार