प्युठान, वैशाख ३० । प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको महाकाली यातायात व्यबसायी समितिको ना ४ ख ८१७६ नम्बरको बस आईतबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

बसमा सवार ५ जनाको मृत्यु भएको र २५  जना वढि गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले बताए । स्थानीयबासी, नेपाल प्रहरी, सशत्त्र प्रहरी वलको टोली पुगेर अहिले उद्धार गरिरहेका छन् ।

घाईतेलाई जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी भएको प्रहरी प्रमुख पोख्रेलले बताए । बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । केहि घाईतेलाई उपचारको लागि बुटवल लग्ने तयारी भएको पोख्रेलले बताए ।

सरासर गुडिरहेको वसमा एक्कासी बत्ती निभेपछि पल्टिँएको वसमा सवार प्यूठान नौबहिनी–८, लुप्लुङका रमेश भण्डारीले बताए । आफू सामान्य घाइते भएकाले सबैभन्दा पहिले दुर्घटनाको प्रहरीलाई जानकारी गराएको भण्डारीले बताए । उनका अनुसार भारतमा नोकरी गरि महेन्द्रनगरको बाटो हुँदै घर फर्कने प्यूठानी दुर्घटनामा परेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार