गुन्माकेन। जापानको गुन्मा केनमा मे २६ तारिखमा राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महाबिर पुन सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली साझा समाज,जापानको आयोजनामा समाजको अध्यक्ष बुद्धि शेरचनको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गुन्मा केन तथा तोचिगी केनका बिभिन्न क्षेत्रमा आबद्ध नेपालीहरुको सहभागिता रहेको थियो | डा. पुन लाइ नेपाली साझा समाज, जापानका अध्यक्ष बुद्धि शेरचन द्वारा खादा लगाई स्वागत गरि सुरुवात गरिएको यस कार्यक्रमको सन्चालन समाजका महासचिब निरज गुरुङले गर्नुभएको थियो | डा. पुन जापान आउनुभएको मौका पारि उहाँ द्वारा संचालित बिबिध सामाजिक तथा विकासका कार्यहरुलाई बिदेशमा रहेका नेपालीहरुलाई बृस्तित रुपमा सुसुचित गरि, यस कार्यप्रति सम्पूर्ण नेपालीहरु बाट मनोबैज्ञानिक, बौद्दिक तथा आर्थिक सबै तवरले समर्थन जुटाई सफल बनाउन केहि सहयोग अवश्य हुनेछ भन्ने उदेश्यले यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो |

कार्यक्रमको सुरुवात पश्चात डा. महाबिर पुनले आफुले गरेका बिगतका दिन देखि हालसम्मका गतिविधिहरु तथा भबिष्यको योजना बारे उपस्थित नेपालीहरुलाई बृस्तित रुपमा बयान गर्नुभई उक्त बयान गरिएका बिषय बस्तुमाथि उठेका प्रश्नहरुको उत्तर दिनुभएको थियो | रास्ट्रिय आविष्कार केन्द्रले सरकार सँग के कसरि सहकार्य गर्ने ? यस्ता ठुला बिकासका योजनामा व्यक्ति बिसेष भन्दा सरकारलाई कसरि बढी भन्दा बढी जिम्मेवार बनाउने ? रास्ट्रिय आविष्कार केन्द्रले गर्ने बृस्तित गतिबिधि तथा उदेश्य के हुन जस्ता उपस्थित नेपालीहरु बाट सोधिएको प्रश्नहरुको उत्तर दिनुभएको थियो | साथै डा. पुनले नेपालको वर्तमान आर्थिक अवस्था बारे सरल तरिकाले बयान गर्दै नेपाल आर्थिक बिकासमा किन पछि परिरहेको छ ? आर्थिक बिकासमा फड्को मार्न के गर्नुपर्छ ? तथा देशका शिक्षित बर्गलाई बिदेशिन बाट रोकी देश बिकासमा कसरि सदुपयोग गर्ने भन्ने बारेमा पनि प्रकाश पार्नुभई उल्लेखित बिषयहरुलाई केहि हदसम्म सम्बोधन गर्न रास्ट्रिय अविष्कार केन्द्रको आवस्यकता भएको प्रस्ट पार्नुभयो | डा. पुनले महाबिर पुन व्यक्तिलाई नभई देश लाइ र राष्ट्रिय आविष्कार केन्द्रलाई ज्ञान शिप , समय तथा आर्थिक तवरले सहयोग गर्न उपस्थित जनसमुदाय लाइ अपिल गर्नुभयो | नेपाली साझा समाज, जापानले डा. महाबिर पुनको यस अभियानलाई आर्थिक रुपले सहयोग गर्ने निर्णय गरि सहयोग रकम सन्कलन अभियान हाल सन्चालन गरिरहेको छ | संकलन समाप्ति पश्चात उक्त रकम रास्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जम्मा हुनेगरी पठाइने छ |

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष बुद्धि शेरचनले आफ्नो अमुल्य समय दिई उपस्थित भैदिनुहुने प्रमुख अतिथि डा. महाबिर पुन तथा मगर संघ तोचिगी क्षेत्रिय समितिका पदाधिकारीहरु, किराँत राइ यायोक्खा कान्तोका पदाधिकारीहरु र कार्यक्रममा उपस्थित भइदिनुहुने सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरिएको थियो |
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




