काठमाडौं, २२ जेठ । गायब भएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती गोरेका प्रमुख सहयोगी रामकुमार तिवारी पक्राउ परेका छन् ।
पक्राउ परेका तिवारी दक्षिण कोरियाबाट फर्के लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको एसएसपी बसन्त लामाले बताए ।

तिवारी मे २१ मा कोरिया गएर मंगलबार फर्किएका हुन् । काभ्रेका तिवारीलाई समितिका सदस्य भिष्म हुमागाईको नेतृत्वमा विमानस्थल पुगेको टोलीले नियन्त्रणमा लिएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार