काठमाडौं, २५ जेठ । अहिलेको समयमा एक सय रुपैयाँले ठूलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका १२ विश्वम्भरपुरका एक वृद्धले ज्यान गुमाउनुपरेको छ ।

स्थानीय मैनेजरप्रसाद साहले अर्का स्थानीय मख्खन साहको पम्पिङ सेटबाट आफ्नो खेतमा सिँचाइ गरेका थिए । त्यसवापत उनले मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो ।

मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो । मख्खनका २० वर्षीय छोरा दीपकले मैनेजरमाथि चिर्पट प्रहार गरेका थिए । चिर्पटको प्रहारबाट गम्भीर चोट लागेका मैनेजरको काठमाडौंको न्यूरो अस्पतालमा उपचारकै क्रममा बिहीबार निधन भएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार