काठमाडौं, १ असार । सनम शाक्य हत्या र साढे ३३ किलो सुन गायब प्रकरणमा प्रहरी अधिकारीबीचको संवाद रेकर्ड बाहिरिएपछि त्यसले अनेक शंका उब्जाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोली धरान जानुअघि तत्कालीन प्रहरी निमित्त महानिरीक्षक बमबहादुर भण्डारीसँग एसएसपी दिवेश लोहनीले दोहोरो कुराकानी गरेका थिए । आवश्यक परे गोली नै चलाउन निर्देशन दिएको छु भनेर भण्डारीसँग आदेश लिएका लोहनीले वार्तालापको फोन रेकर्ड गरेका थिए ।

अपरेसनमा टोली पठाउँदा फस्न सक्ने आकलन गरेरै प्रमाण जुटाउन लोहनीले रेकर्ड गरेका थिए वा नियोजित रुपमा अनुसन्धानकै क्रममा रहेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार